दशैं आयो ! आहा नयाँ नोट ! (फोटोफिचर)

दशैं आयो ! आहा नयाँ नोट ! (फोटोफिचर)

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा ल्याएपछि अहिले दैनिक करिव १० करोड बराबरको नयाँ नोट सटही  भइरहेको छ । प्रतिदिन देशभरी गरेर करिव १० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको जनाइएको छ । नयाँ नोट सटही सर्बसुलभ ढंगले भइरहेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारबाट पनि नयाँ नोट सटही  भइरहेको छ । इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत पनि नयाँ नोट सटहीको सुविधा छ। एक व्यक्तिले ५, १०, २०, ५० र १ सयका एक–एक बण्डलसम्म अर्थात १८ हजार ५ सय रुपैयाँसम्मको सटही सुविधा पाउनेछ।

त्यसरी १५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण हुने अनुमान छ। कूल रुपमा केन्द्रीय बैंकले  ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ। त्यस्तै काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिनेछ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ। कोरोना महामारीका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन।   

\"\"\"\"\"\"\"\"

\"\"\"\"\"\"