नबिल इन्स्टलमेन्ट: क्रेडिट कार्ड प्रयोग गरेर २ लाखसम्मका सामान किस्ताबन्दीमा खरिद गर्न सकिने

नबिल इन्स्टलमेन्ट: क्रेडिट कार्ड प्रयोग गरेर २ लाखसम्मका सामान किस्ताबन्दीमा खरिद गर्न सकिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 नबिल बैंकले आम ग्राहकलाई सर्वसुलभ सेवा दिने उद्देश्यका साथ ‘नबिल इन्स्टलमेन्ट’ प्रडक्ट (स्किम) ल्याएको छ । नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरेर २ लाखसम्मको ‘नबिल इन्स्टलमेन्ट’ स्किमबाट सामान खरिद गर्न सक्ने व्यवस्था मिलाएको हो ।

नबिल बैंकले यो इन्स्टलमेन्ट सेवाबाट नबिलसँग साझेदारी गरेका करिब ५० वटा मर्चेन्ट कम्पनीबाट २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको सामान किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी खरिद गर्न सकिने छ । यो सेवा नबिल बैंकका क्रेडिट कार्ड होल्डरहरूले उपयोग गर्न पाउने छन् ।

नबिलको यो स्किमबाट ठूला औद्योगिक तथा व्यवसायीक घरानाका उत्पादनदेखि बजारमा एकछत्र राज जमाएका स्वदेशी तथा विदेशी सामान खरिद गर्न सकिने छ ।

नबिल इन्स्टलमेन्टबाट आम ग्राहकले होम अप्लाइन्टका विभिन्न सामानदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामान, विभिन्न ब्राण्डका मोबाइल, क्यामरा तथा ल्यापटप, फर्निचर, सुनका गरगहना, विभिन्न ट्राभल्सका प्याकेज, वातावरणमैत्री –इलेक्ट्रोनिक स्कुटर तथा मोटरसाइकल, ब्राण्डेड साइकल देखि स्वास्थ्य सेवाको सुविधासमेत लिने सक्ने नबिल बैंकले जानकारी दिएको छ ।

नबिल बैंकले ल्याएको यो स्किममार्फत उपत्यकाभित्रका सबैजसो शोरुम र उपत्यका बाहिर नेपालगञ्ज, पोखरा, विरगञ्ज, हेटौंडा, बुटलव, भरतपुर, नारायणघाट, इटहरी, विराटनगरलगायत देशका विभिन्न ठाउँबाट सो सेवा लिन सकिने छ ।

बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई सहज र सरल बनाउनुका साथै यसको प्रवद्र्धन गर्न बैंकको क्रेडिट कार्ड होल्डरहरूलाई यस्तो सुविधा दिएको हो । नबिल बैंकले ल्याएको यो प्रडक्टबाट ग्राहकहरूले बिना झण्झट सहजै शुन्य ब्याजमा यो सेवा उपयोग गर्न सक्नेछन् ।