बैंकिङ्ग समाचार, काठमाडौं ।
सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेडले २६.३१ प्रतिशत लाभाशं बाड्ने भएको छ । कम्पनीको असोज १५ गते बसेको पहिलो साधारणसभाले सेयरधनीलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताब पास गरेको छ ।
बोनश पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुनेछ । संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद सेयर निस्कासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।
अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्य गर्ने अनुमतिपत्र लिने जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्ष भित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ ।
सम्पन्न क्यापिटल एण्ड एडभाईजरी लिमिटेड नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छन ।
प्रतिक्रिया