प्रभु क्यापिटलले ४० प्रतिशत लाभांश दिने, १ अर्बमा प्रवेश गर्ने पहिलो मर्चेन्ट बैंक

प्रभु क्यापिटलले ४० प्रतिशत लाभांश दिने, १ अर्बमा प्रवेश गर्ने पहिलो मर्चेन्ट बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु क्यापिटलले ४० प्रतिशत लाभांश दिने भएको छ । क्यापिटलको १३ औं वार्षिक साधारण सभाले ४० प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ ।

प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।