कामना सेवाले गर्यो नेपालमै पहिलोपटक ‘युनिफोकल रिडिङ्ग ग्लास’ को सभारम्भ

कामना सेवाले गर्यो नेपालमै पहिलोपटक ‘युनिफोकल रिडिङ्ग ग्लास’ को सभारम्भ

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पताल सँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममासहज होस भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक Unifocal Reading Glassको सेवा शुभारम्भ गरेको छ । 

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ्ग क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपाल प्रसाद पोख्रेलज्यूले संयुक्त रुपमा आज एक समारोहकाबीच उक्त सुविधाको शुभारम्भ गर्नु भएको हो । 

बैंकले यस अगाडि पनि visually impaired व्यक्तिहरुलाई समेत आफै खाता खोली बैंकिङ्ग कारोबार गर्न सहयोग मिलोस भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरि बचत खाता सञ्चालनमा ल्याइसकेको छ । 

\"\"