सनराइज बैंकको अगुवाईमा २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजना निर्माणका लागि ३ अर्ब लगानी जुट्यो

सनराइज बैंकको अगुवाईमा २० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजना निर्माणका लागि ३ अर्ब लगानी जुट्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्याफ्रुबेसी, रसुवामा रहेको 'लाङटाङ खोला जलविद्युत आयोजना' को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्घार्थ बैंक तथा एन.सी.सी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्घारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंक बीच सोमबार वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था, नेपालका अध्यक्ष समेत रहेका छन् ।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैँया अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

कम्पनीका अनुसार आयोजनाबाट बार्षिक १३३.३० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बील अफ क्वान्टिती) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।