कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सिटिजन्स बैंकको लाभांश ?

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् सिटिजन्स बैंकको लाभांश ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंकले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस संगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।   बैंकले आर्थिक वर्ष २०७७–७८ मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १२.९१३ प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१.१० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने रु. ३८८,२५६,८०७.२४ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी १६ प्रतिशतले हुन आउने कुल रु २०१,२३,०७,६९८.३४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १२ अर्व ५७ करोड रहेको छ । 

बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।