कुमारी बैंकले घोषणा गर्यो ८.६७ प्रतिशत लाभांश

कुमारी बैंकले घोषणा गर्यो ८.६७ प्रतिशत लाभांश

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैंठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद(कर प्रयोजनसहित) गरी ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने व्यवस्था रहेको छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो दुई आर्थिक वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने बैंकले ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।