बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरले १ करोड २० लाख अमेरिकी डलर ऋण सुविधा स्वीकृत गरेको छ। स्वीकृत ऋण सुविधा मध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
प्रतिक्रिया