नबिल बैंक र वूमन लिडरसिप फाेरमबीच अन्तरक्रिया

नबिल बैंक र वूमन लिडरसिप फाेरमबीच अन्तरक्रिया

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो। 

नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमका संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमका सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको उपस्थिती थियो।

कार्यक्रमको सुरुवात गर्दै नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमका संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरेकी थिइन्। साथै उनले वित्तिय पहुँच सँगसँगै वित्तिय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन्। 

बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँ पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए।

कार्यक्रमको समापन गर्दै नबिल बैंकको सञ्चालक नेपाल उद्योग परिसंघ –वूमन लिडरसिप फोरमकी सदस्य आशा राणा अधिकारीले कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्याउन सहयोग गर्ने र आउँदा दिनमा यसलाई अझ बढाउँदै लगिने बताइन्।

संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्ग लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।