रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालनमा

रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालनमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकले लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने शाखा पूर्वीरुकुमको औपचारिक रुपमा उद्घाटन गरेको छ । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले औपचारिक रुपमा उक्त शाखाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले यो क्षेत्र कृषिको लागि प्रचुर संभावना बोकेको भएकोले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषिमा लाग्न सर्वसाधारणलाई आग्रह गर्नुृभएको थियो । यस क्षेत्रका जनताको जिवनस्तर उकास्न र आयस्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास वैंकले तपाईहरुको साथमा रही तपार्इंहरुको घर आगनको बैंकको रुपमा सहकार्य गर्न तयार रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादनमूलक व्यवसायमा जोडिने कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसँग आवद्ध गराई लैजाने बताउनुभयो । उक्त कार्यक्रमलाई सर्वसाधारण स्थानीय जनताको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बलबहादुर शाहीले लामो समयकोे प्रतिक्षा पश्चात पुर्वी रुकुम वासी जनताले सरकारी बैंकमार्फत बैंकिङ कारोबार गर्न पाउदा कृषि विकास बैंकको व्यवस्थापनलाई विषेश धन्यवाद दिदै आगामी दिनहरु सफल रहन शुभकामना समेत दिनुभएको थियो ।

हाल यस क्षेत्रका करिब ५०० भन्दावढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आउनु भएको समेत बताउनु भएको थियो । त्यसैगरी कृषि विकास वैंक प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरिराज रेग्मीले बैंकले उपलब्ध गराउने सेवासम्बन्धी जानकारी गराउनुभयो । पुर्वी रुकुमका प्रवन्धक विष्णुजंग शाहले कार्यक्रममा उपस्थित सर्वसाधारण, प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धक र नेपालगंज प्रदेश कार्यालयका निर्देशकलाई स्वागत गर्नुभएको थियो भने कृषि विकास बैंकका व्यवसाय सहायक मदन पौडेलले उक्त उद्घाटन कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।