सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाडौं नेपाललाई सहयोग

सिद्धार्थ बैंकद्वारा जोन्ता क्लब काठमाडौं नेपाललाई सहयोग

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले कमलादी स्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत ४ लाख ९७ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले जोन्ता क्लब काठमाडौं नेपालका अध्यक्ष सीमा गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकम जोन्ता क्लबले महिला विरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग बताइएको छ। साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउन प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको छ। 

विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको छ।