तरलता अभावबीच भदौमा निक्षेप सुधार, सातामा २६ अर्ब निक्षेप बढ्यो, कर्जा लगानी १८ अर्ब

तरलता अभावबीच भदौमा निक्षेप सुधार, सातामा २६ अर्ब निक्षेप बढ्यो, कर्जा लगानी १८ अर्ब

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
यस आर्थिक वर्षको साउन र भदौमा समग्रमा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ। निक्षेप घटेकै कारण बिजनेस विस्तार गर्नका लागि बैंकहरुलाई चुनौति थपिएको छ, बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव भएको छ। 

कतिपय बैंकलाई त नगद कोष अनुपात (सिआरआर) व्यवस्थापन गर्नका लागि हम्मेहम्मे परेको छ। यतिबेला अन्तरबैंक दर नै ४.९ प्रतिशत पुगेको छ।

त्यस्तै बैंकहरुले राष्ट्र बैंकबाट पाउने सापटी सुविधा (एसएलएफ)को मात्रा पनि बढाएका छन्। सोमबार ११ अर्ब ४४ करोड रुपैयाँ एसएलएफ लिएकोमा मंगलबार १५ अर्ब ४९ करोड रुपैयाँ लिएका छन्। साउन महिनामा ठूलो रकममा निक्षेप घटेपछि समग्र भदौ महिनामा समेत असर परेको छ। यद्यपि भदौ महिनामा भने निक्षेपमा सुधार देखिएको छ। 

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार साउन महिनामा ७८ अर्बले निक्षेप घट्यो भने भदौमा ४८ अर्ब थपिएको छ। समग्रमा यस आर्थिक वर्ष भदौ मसान्तसम्म बैंकहरुमा ३० अर्ब निक्षेप घटेको छ। भदौ मसान्तसम्म २७ वाणिज्य बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। 

निक्षेप घटे पनि कर्जाको विस्तार भने सन्तोषजनक देखिन्छ। साउन महिनामा यी बैंकहरुले ४३ अर्ब रुपैयाँ कर्जा बढाएकोमा भदौमा १ खर्ब ८ अर्ब बढाएका छन्। समग्रमा यस आर्थिक वर्षमा भदौ मसान्तसम्म  १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा बढाएका छन्। भदौ मसान्तसम्म कुल ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।