सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पर्साको बीरगंज स्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा शाखा बिस्तार गरिएको बैंकले जनाएको छ ।

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।