बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।
बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे ।
मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायू बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दीर्घायू बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजार सम्मको स्वास्थ बीमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा छन् ।
प्रतिक्रिया