बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पुर्याएको छ । बैंकले मुद्दति निक्षेपको व्याज ९.०७ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म कायम गरेको हो ।
बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपमा ९.१० प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ९.६० प्रतिशत र १ भन्दा भन्दा माथिको अवधिको मुद्दती निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने भएको हो । बैंकको नयाँ ब्याजदर असोज १ गतेदेखि लागु हुने छ ।
बजारमा तरलता अभाव भएपछि अधिकाश बैंकहरुले असोज १ गतेद्केही लागु हुने गरि ब्याजदर बढाएका छन् । सनराइजले भने मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने भएको हो ।
प्रतिक्रिया