सहुलियतपुर्ण कर्जाको लागि मेगा बैंकले गर्‍यो त्रिपक्षीय सहमति

सहुलियतपुर्ण कर्जाको लागि मेगा बैंकले गर्‍यो त्रिपक्षीय सहमति

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ । धादिङस्थित एक समारोहकाबीच मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा विभागका पुण्यप्रसाद खनिया त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उद्योग वाणिज्य संघका तर्फबाट कार्यसमिति सदस्य सुमन घरेलले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उद्योग वाणिज्य संघसँग आबद्ध उद्योग व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपुर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपुर्ण कर्जा प्रदान गर्ने भएको छ । जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

मेगा बैंकले स्थापनाकाल देखि नै “हलो देखि हाइड्रोसम्म” भन्ने नाराका साथ विभिन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको छ । यसले स्थानीयस्तरमा साना तथा मझौला उद्यमी तथा कृषकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्नुको साथै उद्यमी तथा कृषकहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।