जबरजस्ती सुरक्षा कोषमा आवद्ध गराएपछि एसबीआई बैंकका कर्मचारी आन्दोलनमा

जबरजस्ती सुरक्षा कोषमा आवद्ध गराएपछि एसबीआई बैंकका कर्मचारी आन्दोलनमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल एसबीआई बैंक व्यबस्थापनले कर्मचारीलाई जबरजस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । बैंकले आफूहरुलाई जबरजस्ती आबद्ध गराएको भन्दै कर्मचारीले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आफूहरुको रकम जबरजस्ती सुरक्षा कोषमा पाइएकोले आन्दोदन गर्ने कर्मचारीले विज्ञप्ति निकालेर उल्लेख गरेका छन् । गत असार मसान्तमा बैंक व्यवस्थापनले कोषमा सबै कर्मचारीहरुका योगदान रकम सुरक्षा कोषमा पठाएको थियो । 

बैंक कर्मचारी संघले व्यवस्थापन पक्षका विरुद्ध पहिलो चरणमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र असोज ७ गनेसम्म रकम फिर्ता नगरे थप आन्दोलन तय गर्ने कर्मचारी संघले जनाएको छ । सर्वोच्च अदालतले यसबारेमा स्वइच्छाले सहभागि हुने नहुने भनेर अन्तरिम आदेश दिएको थियो ।