मञ्जुश्री फाईनान्सले एकै पटक तीन शाखाबाट कारोबार सुरु गर्‍यो

मञ्जुश्री फाईनान्सले एकै पटक तीन शाखाबाट कारोबार सुरु गर्‍यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 मञ्जुश्री फाईनान्स लिमिटेडले नवलपुर जिल्लाको गैंडाकोट, चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्सावजार शाखाको कारोबार शुभारम्भ गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यज्यूहरुले शाखा कार्यालयको उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवा मा १५ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या १८ पुगेको छ ।

२०७८ साल अषाढ मसान्तसम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु. ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले रु. ८.९१ अर्व निक्षेप संकलन गरी रु. ७.९५ अर्व कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँंदै आएको जनाएको छ ।