विकास बैंकहरु निक्षेप संकलन कमजोर, कर्जा विस्तारमा आक्रमक

विकास बैंकहरु निक्षेप संकलन कमजोर, कर्जा विस्तारमा आक्रमक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग बढिरहँदा निक्षेप संकलन भने सुस्त देखिएको छ । गत सातामा विकास बैंकहरुले ३ अर्ब १४ करोडले कर्जा विस्तार गर्दा निक्षेप संकलन ७३ करोड रुपैयाँले मात्रै बढाएका छन् ।

भदौ महिनाको चौथो सातामा विकास बैंकहरुको निक्षेप तथा कर्जा दुबैको आकार भने बढेको छ । एक सातामा १५ वटा विकास बैंकहरुमा ७३ करोड १४ लाख रुपैयाँ निक्षेप थपिएको छ । गत भदौ १९ गतेसम्म विकास बैंकहरुको निक्षेप ४ खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेकोमा भदौ २५ गतेसम्म ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ पुगेको छ । एक सातामा विकास बैंकहरुको निक्षेप ०.१५ प्रतिशतले बढेको हो ।

यसअवधिमा राष्ट्रिय क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप २५ करोड रुपैयाँले घटेको छ । डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार क्षेत्रियस्तरका विकास बैंकको निक्षेप ०.३५ प्रतिशतले गिरावट आएको हो।

त्यस्तै भदौ १९ सम्ममा १५ विकास बैंकहरुले ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा भदौ २५ गतेसम्म ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यसवअधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको ऋण लगानी ०.७९ प्रतिशतले बढेको छ । यस्तै क्षेत्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी ०.३८ प्रतितशले बढेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले उपलब्ध गराएको तथ्यांकमा १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यो १५ वटाको मात्रै उपलब्ध छ । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक सञ्चालनमा छन् । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।