‘कुशलतापूर्वक काम गरेका कारण बैंकहरुको नाफा बढ्यो, यसको सकारात्मक बहस गरौं’

‘कुशलतापूर्वक काम गरेका कारण बैंकहरुको नाफा बढ्यो, यसको सकारात्मक बहस गरौं’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिल कुमार उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक 
अनिल कुमार उपाध्याय नेपाली बैंकिङ्ग क्षेत्रमा एक गतिशील नाम हो। परिणाममुखी काम गर्न रुचाउने यो व्यक्तित्वसँग बैंकिङ्ग क्षेत्रमा ३० वर्ष भन्दा बढीको अनुभव छ। हाल कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा रहेका उनले सोही बैंकमा एसियाली विकास बैंक (एडिबी) को क्लस्टर कार्यक्रम अन्तर्गत उप महाप्रबन्धक, मुख्य निर्देशक र  विभागीय प्रमुखका रूपमा १० वर्ष भन्दा बढी समय बिताएका थिए । 
व्यवसाय सञ्चालन प्रमुख र  ऋण, शाखा सञ्चालन र मानव संसाधन डिभिजन प्रमुख रहेका बेला उनले गरेका सङ्गठनात्मक सुधार र उत्तम अभ्यासको कार्यान्वयनको लागी उनलाई सधैँ सम्झने गरिन्छ । रणनीतिक योजना, व्यवसाय, गैर(वित्त पोषित व्यवसाय, तरलता र जोखिम व्यवस्थापनका साथै बैंकको शाखा सञ्चालनका सम्बन्धमा स्पष्ट दृष्टिकोण भएका उनै  उपाध्यायसँग हालसालै जारी मौद्रिक निति, कृषि विकास बैंकका अगामी योजनाहरु लगायत कर्जाका विषयहरुमा बैंकिङ्ग समाचारका मनोज रेग्मीले गरेको कुराकानीः