साधना लघुवित्तको सीईओमा रेशम न्यौपानेको निरन्तरता 

साधना लघुवित्तको सीईओमा रेशम न्यौपानेको निरन्तरता 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ ।

संस्थाको सञ्चालक समितिको बिहिबार साँझ बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि सीईओमा नियुक्त गरेको हो । उनी उक्त संस्थामा स्थापना काल देखिनै सीईओको रुपमा पदभार समाल्दै आएका छन् ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।

वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।