युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी

युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ । 

यस समझदारी अन्तर्गत सुदुरपश्चिम प्रदेश स्थित बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै युवा उद्यम प्रवर्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । 

उक्त सम्झौतामा नबिल बैंकका नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ्ग कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।