४ हजार नारीको कोशेली बन्यो ग्लोबल आइएमईको ‘मेरी उनीलाई’

४ हजार नारीको कोशेली बन्यो ग्लोबल आइएमईको ‘मेरी उनीलाई’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विगत १ वर्षदेखि चलिरहेको ग्लोबल आइएमई बैंकको मुद्दती खाता ‘मेरी उनीलाई’ योजनामा हालसम्म ४ हजार भन्दा बढि महिला सहभागी भएका छन । ग्लोबल आईएमई बैंककी चिफ मार्केटिङ म्यानेजर शान्ता सिवाकोटीले  ‘मेरी उनीलाई’ प्रडक्डमा हालसम्म ३ अर्ब ५० करोड रुपैर्याँ निक्षेप संकलन भएको बताइन । उनले भनिन् ‘मेरी उनीलाई मुद्दती खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुसी ल्याउन मद्दत पुग्ने भएकाले पछिल्लो समय यस योजनामा महिलाको आकर्षण रहेको छ ।’

यो योजनाको बारेमा बुझ्न खोज्नेहरु पछिल्लो समय बढ्दै गएको उनले बताईन । ‘धेरैले बुझेर फर्किन्छन्, कतिपयले खाता खोलेर नै जान्छन्, यो योजना राम्रो छ भनेर प्रतिक्रिया दिन्छन्, अहिलेसम्म सकारात्मक प्रतिक्रिया नै आइरहेको छ,’ सिवाकोटी बताउँछिन । 

यो योजनाले सामाजमा रहेका आम नारीहरुलाई आर्थिक रुपमा सक्षम र सशक्त मात्र होइन हरेक गतिविधिमा सरिक भई उद्यमशिलताको विकासमा टेवा पुर्याउने वातावरण बनेको उनले बताईन । उनी भन्छिन ‘यसले महिलाहरुको व्यक्तिगत विकास मात्र नभएर समग्र रुपमा उद्यमशिलतामा सहभागी हुन पनि प्रेरित गरेको छ । यो कार्यक्रमले वित्तीय साक्षरता प्रदान गर्न पनि महत्वपूर्ण काम गरेको छ ।’

‘मेरी उनीलाई’ कस्तो खाता हो ? कसरी खोल्ने ? 

मेरी उनीलाई योजना ग्लोबल आईएमई बैंकको एक प्रडक्ट हो । यसमा सहभागी हुनको लागि सम्बन्धित व्यक्तिले नजिकैको ग्लोबल आईएमई बैंक वा बैंकको शाखामा गएर मेरी उनीलाई खाता खोल्न सक्नेछन् ।

यो मुद्दती खाता हो । महिलाहरुले आफ्नो अनुकुल खाता खोल्न सक्नेछन् । यसको समयावधि ६ महिनादेखि ५ वर्षसम्मको रहेको सिवाकोटीको भनाई छ । यसमा एक लाख रुपैयाँभन्दा बढी राख्न सकिन्छ ।

यसमा समय–समयमा रकम जम्मा गर्न सकिने सुविधा पनि छ । यो मुद्दती खातामा ५० हजारभन्दा बढीको रकम थप्दै जान पनि सकिन्छ । यसमा अन्य खाताभन्दा बढी नै व्याजदर तोकिएको हुन्छ । सुरुमा ९ प्रतिशत ब्याजदर तोकिएको यस खातामा खाता खोल्ने समयमा रहेको व्याज नै खातावालाले पाउनेछन् ।

कर्जाको सुविधा पनि छ 

मेरी उनी मुद्दती खाता खोल्ने खातावालाले ग्लोबल आईएमई बैंकबाट सहजै ऋण पाउन सक्नेछन् । चिफ मार्केटिङ म्यानेजर सिवाकोटीका अनुसार मुद्दती बचतको ९० प्रतिशतसम्म ऋणको सुविधा पनि ग्राहकले पाउने छन् ।

त्यति मात्रै होइन मेरी उनीलाई मुद्दती खाता खोल्ने ग्राहकलाई बैंकले अन्य धेरै सुविधा हरु पनि उपलब्ध गराएको छ । यस्तो खालको खाता खोल्ने महिलाले निःशुल्क रुपमा प्रिभिलेज कार्ड, डेविट कार्ड र होम लोन लिँदा सेवा शुल्क नलाग्ने बताइएको छ ।

 

Global IME Bank Ltd. respected CEO Mr. Ratna Raj Bajracharya with his Meri Unilai Mrs. Shova Bajracharya

Global IME Bank Ltd. respected CEO Mr. Ratna Raj Bajracharya with his Meri Unilai Mrs. Shova Bajracharya on Global IME Bank MeriUnilai Presents Jeevan Saathi. #meriunilai #GlobalIMEBank #TheBankForAll

Posted by Global IME Bank Limited on Monday, September 6, 2021

यति मात्र होइन ग्राहकले चाहेको समयमा घरमै पुगेर अतिरिक्त बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

यसले समाजलाई के दियो ? 

यो प्रश्नमा शान्ता सिवाकोटी भन्छिन, ‘हामी महिलालाई अधिकार दिनुपर्छ, अधिकार पाउनुपर्छ भनेर नारा मात्र लगाउँछौं, त्यसलाई व्यवहारमा उतार्दैनौं, जब महिला आर्थिक रुपमा सक्षम हुन्छन् उनीहरुलाई न कसैले अधिकार दिनुपर्छ नत माग्नुनै आवश्यक हुन्छ, हामीले महिलालाई वित्तीय रुपमा सक्षम बनाएर पुरुषभन्दा महिला कम छैन भनेर देखाउनको लागि थालिएको एक अभियान हो मेरी उनीलाई ।’

यो योजना समाजमा पिछडिएको अवस्थामा रहेका महिलाहरुको लागि अन्यन्तै महत्पूर्ण सावित भएको उनको जिकिर छ । उनी भन्छिन, ‘पुरुषको तुलनामा महिलाहरुमा बचत गर्ने बानी धेरै हुन्छ, उनीहरु आर्थिक रुपमा सवल भएपछि घरको सम्पूर्ण काम कारवाही आफै गर्ने र आफै निर्णय लिने क्षमता राख्छन । त्यसैले पनि घर व्यवहार चलाउन सजिलो हुन्छ ।  घरभित्रै पनि अरुको निर्भरमा महिलाहरु नपर्ने भएपछि उनीहरु सवल सक्षम बन्न सक्छन ।’ यसले महिलाको अधिकार सुनिश्चित गर्न सहयोग पुर्र्याएको छ ।

 

"Small Business Loan"

Global IME Bank Limited's 'Small Business Loan'. #GIBLSmallBusinessLoan #GlobalIMEBank #TheBankForAll

Posted by Global IME Bank Limited on Friday, August 27, 2021