बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजनाहरु नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड-२ ले आफ्ना इकाईधनीहरुलाई गत आवबाट वितरण गर्ने वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
भदौ २२ गते बसेको सञ्चालक समिति नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको बैठकबाट नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
अघिल्लो आव २०७६।७७ बाट नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई कर सहित ४० प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ३५ प्रतिशत नगद लाभांश वितरण गरेका थिए ।
यी दुबै फण्डहरुको कोष प्रबद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया