स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
स्वरोजगार लघुवित्त वित्तीय संस्था (SWBBL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत असोज २५ गतेबाट जनकपुर लघुवित्तलाई प्राप्ति गरि एकीकृत कारोबार सुरु गरकोले कम्पनीको बोनसमा कर छुट भएकोले नगद लाभांश प्रस्ताव गरेको छैन ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ रहेको कम्पनीको २५ प्रतिशत बोनस वितरणपछि ५१ करोड ४१ लाख रुपैयाँ पुग्नेछ ।

अघिल्लो आव २०७६/७७ बाट कम्पनीले १९.००५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । समीक्षा अवधिमा ६ प्रतिशतले लघुवित्तको बोनस बढेको हो ।