गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग ग्राहकहरुकाे लागि छुट सम्झाैता गरेकाे छ ।

यस सम्झाैता अनुसार बैंककाे ग्राहकले हाेटलकाे डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटका साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुट पाउनेछन् ।

बैंकका डेबिट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले जानकारी दिएकाे छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।