महालक्ष्मी विकास बैंकले गर्याे नेपाल विद्युत प्राधिकरणसँग सम्झौता

महालक्ष्मी विकास बैंकले गर्याे नेपाल विद्युत प्राधिकरणसँग सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन 

सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ ।

२०७८ भाद« २० गते सम्झौताअनुसार बैंकका ग्राहकहरु वा अन्य जसले पनि खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सकिने छ । सेवाग्राहीले मासिक ५ सय रुपैयाँसम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने रु. ५०१ भन्दा माथि रु. ५,००,००० सम्मको महशुल भुक्तानीमा रु पाँच मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणकातर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गर्नुभएको थियो ।

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलनसम्बन्धी सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास रहेको छ ।