मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि

मेगा बैंकको एटीएम सेवा झापाको भद्रपुरमा पनि

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मेगा बैंक नेपाल लिमिटेडले झापाको भद्रपुर नगरपालिका स्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो । 

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा मेगा बैंकका १ नम्बर प्रदेश प्रमुख विवेकबन्धु न्यौपानेको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सेवाग्राहीहरुको पनि सहभागिता रहेको थियो । 

यो सँगै १ सय ३७ स्थानमा मेगा बैंकले एटीएम सेवा विस्तार गरिसकेको जनाएको छ ।