तालिबानको कब्जा पछि अफगानिस्तानमा वित्तीय संकटः जनताले बैंकबाट पैसा झिक्न समेत पाएनन्

तालिबानको कब्जा पछि अफगानिस्तानमा वित्तीय संकटः जनताले बैंकबाट पैसा झिक्न समेत पाएनन्

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, 
अफगानिस्तानमा राष्ट्रपति असरफ घानीको सरकार ढल्नु र तालिबानले अफगानिस्तान कब्जा गरेसँगै आम नागरिकहरुको समस्या चुलिदै गएको छ । सुरक्षाको चुनौतिका बिच नागरिकहरु देश छाड्नेक्रम जारी छ । यसैबीच, स्थानीय नागरिकहरु महंगाई र बैंकिङ सेवा समेत बन्द हुँदा थुप्रै समस्याहरुको सामना गरिरहेका छन् । तालिबानको कब्जा पछि अफगानिस्तानको राजधानी काबुलले सामानको मूल्यमा उल्लेख्य वृद्धि बैंकिङ सेवामा समस्याहरुको सामना गरिरहेको छ । अफगानिस्तानमा तालिवानको कब्जा पछि सामान्य जनजीवन नराम्रोसँग प्रभावित भएको छ । मानिसहरु डरले घरबाट बाहिर निस्किरहेका छैनन् । व्यवसाय, उद्योग र व्यवसाय सबै ठप्प छन् । नगद अभावका कारण सर्वसाधारणहरु आफ्नो घरको सामान समेत बेच्न बाध्य छन् । केही खुलेका बैंक एटीएम बाहिर मानिसहरुकोे भीड देखिन्छ ।

नगद अभावलाई ध्यानमा राख्दै बैंकहरुले एटीएमबाट पैसा निकाल्ने सीमा घटाएका छन् । अफगानी नागरिकहरुले एटीएमबाट २ सय डलर सम्म मात्र नगद निकाल्न सक्छन् । वित्तीय संकटका कारण अफगानी नागरिकहरुले बैंक बाहिर प्रदर्शन गरिरहेका छन् । हालसम्म धेरै देशहरुले तालिबानी शासनलाई स्वीकार गरेका छैनन् र यसैबीच विश्व बैंकले पनि ठूलो कदम चालेको छ । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग रोकेको छ । बैंकको वेबसाइटमा उपलब्ध जानकारी अनुसार २००२ देखि हालसम्म विश्व बैंकले अफगानिस्तानलाई ५.३ बिलियन डलरको आर्थिक सहयोग गरिसकेको छ । यसअघि अमेरिकाले समेत अफगानिस्तानको सुन र मुद्रा भण्डार तालिबानलाई नदिने घोषणा गरिसकेको छ । अमेरिकामा मात्र अफगानिस्तानको ७ सय ६ अर्ब रुपैयाँको सम्पत्ति छ ।

यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता रोकेको छ । आईएमएफले तालिबानले अफगानिस्तानमा आफ्नो संसाधन प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । आईएमएफले तालेवानको नियन्त्रणले अफगानिस्तानको भविष्यमा अनिश्चितता पैदा गरेको भन्दै अफगानिस्तानको ४ सय ६० मिलियन अमेरिकी डलरको आपतकालीन रिजर्भ अफगानिस्तानको पहुँच रोक्ने घोषणा गरेको हो ।

लगानी डुब्ने खतरा
अफगानस्तानमा सबै व्यापार, व्यवसाय ठप्प छ । अफगानिस्तानको अर्थव्यवस्था अनुदान, तलब र अन्य भुक्तानीमा निर्भर छ । अब सबै देश पछि हटिसकेका छन् अनुदान नआउने निश्चित भएपछि बैंकहरुमा पैसा आउँदैन । जब पैसा आउँदैन आर्थिक अवस्था चलायमान हुँदैन । भुक्तानीमा कठिनाई आउँछ । यस बाहेक, हाल धेरैले बैंकबाट धेरै पैसा निकालेका छन्
। यस्तो समयमा, उनीहरुलाई दिइएको कर्जा फिर्ता गर्ने संभावनाहरु पनि कम छन् । यसले बैंकिङ क्षेत्र प्रभावित हुने देखिन्छ ।

“अफगानिस्तान बैंक” देशको केन्द्रीय बैंक

अफगानिस्तान बैंकको रूपमा परिचित केन्द्रीय बैंक जसले अफगानिस्तानको मुद्रा प्रिटिंङ वितरण र नियन्त्रण गर्ने गर्दछ । यो १९३९ मा स्थापित भएको थियो । यस बैंकको मुख्य कार्यलय काबुलमा छ । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि यस बैंकको प्रमुखको पद खाली छ । अफगानस्तानका तत्कालिन केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले गभर्नर पद छाडिसकेका छन् । जब तालिवानले अन्तिम पटक सत्ता कब्जा गरे उनीहरुले अफगानी रुपैयाँको उपयोग जारी राखे । त्यसबेला अफगानिस्तान रुपैयाँ नराम्रोसँग प्रभावित भएको थियो । यसपटक पनि यस्तै सम्भावना कायम छ ।

कतिसम्म हुन्छ अफगानिस्तानको मुद्रा ?

अफगानिस्तान एक अफगानीदेखि १ हजार अफगानी मुद्रासम्म चल्छ । यो मुद्रा अफगान नोट र सिक्काका रूपमा उपलब्ध छ । अफगानिस्तान बैंकले हरेक पाँच बर्षमा नयाँ नोट छाप्छ । तर यो नोट अफगानिस्तानमा नभई देश बाहिर छापिन्छ ।

इंगल्याण्डमा छापिन्छ अफगानिस्तानको मुद्रा

अफगानिस्तानको मुद्रा इंगल्याण्डको बेसिंगस्टोक संसारको सबैभन्दा ठूलो निजी मुद्रा प्रिंटिङ प्रेसमा छापिन्छ । संसारभरिका १४० देशहरुको मुद्रा यहाँ छापिएको छ । ८० को दशकमा, अफगानिस्तानको मुद्रा एक रूसी कम्पनी द्वारा छापिएको थियो । तर जब २००२ मा हमिद करजईको नेतृत्वमा अफगानिस्तानमा नयाँ लोकतान्त्रिक सरकार गठन भयो, त्यसबेला देखि इंगल्याण्डको एक कम्पनीलाई दिइयो ।

इंगल्याण्डको यो मुद्रा प्रेसले अफगानिस्तानको नोट समेत डिजाइन गर्दछ । यसको सुरक्षा स्तर धेरै बलियो छ । त्यसैले, नक्कली नोट बनाउने वा छाप्ने संभावना न्यून छ । अफगान नोटहरु १, ५, १०, ५०, १००, ५०० र १००० को मूल्यमा छापिएका छन् ।