महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, लमजुङ ।  
 महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रा.लि.सँग भादै १५ गते मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि.को प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १०% सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न समेत अनुरोध गरेको छ ।