सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थमन्त्रालय पुगे लगानीकर्ता

सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थमन्त्रालय पुगे लगानीकर्ता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
नेपाल इन्भेष्टर्स फाेरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीकाे माग गर्दै अर्थ मन्त्रालय पुगेका  छन् । नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी एक विज्ञप्तिसहित अर्थ मन्त्रालय पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धिताे कर्जाकाे सीमालाई १२ कराेडमा सिमित गर्दै साे १२ कराेड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनपर्ने व्यवस्था गरेकाे छ । याे सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा प्रत्यक्ष दवाव सिर्जना भई धेरै दिनदेखि सेयर बजारमा निरन्तर रूपमा गिरावट आएको विज्ञप्तिमा उल्लेख छ ।

याे नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जाेगाउन र सम्पूर्ण लगानीकर्ताहरूलाई लगानीकाे वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीकाे माग गर्दै उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई विज्ञप्ति बुझाएका हुन् ।

यसअघि पनि मौद्रिक नीतिमा पुँजी बजारलाई हेर्ने दृष्टिकोष अत्यन्तै दुरासय पुर्ण र पश्चगामी कदम भएको भन्दै नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले अर्थ मन्त्रालयमा संयुक्त विज्ञप्ति बुझाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले सेयर कर्जा सिमाकाे विराेध गर्दै अर्थ मन्त्रालय पुगेका लगानीकर्ताहरूलाई बजारलाई नकारात्मक प्रभाव पार्ने कुनैपनि कुरा हुन नदिने आश्वासन दिएका थिए । 

\"\"