युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
सरकारले विश्वमोहन अधिकारीलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा नियुक्ती गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कोषको प्रमुखमा नियुक्त गरेको हो । उनी पूर्व बैंकर हुन् । अधिकारी ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । 

उक्त बैंक एनएमबी बैंकमा मर्जर भएपछि अधिकारीले बैंकिङ यात्रा छाडेका थिए । उनको बैंकवित्त क्षेत्रमा करिव २५ वर्षको अनुभव छ ।