नुवाकोटमा पहिलाे पटक संगम साकाेसले सुरु गर्याे मोबाईल बैंकिङ्ग सेवा

नुवाकोटमा पहिलाे पटक संगम साकाेसले सुरु गर्याे मोबाईल बैंकिङ्ग सेवा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विदुर-४, बसपार्क राेड स्थित संगम बचत तथा ऋण सहकारी संस्थाले मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

संस्थाले आज एक कार्यक्रमकाे बीच आधुनिक बैंकिङ्ग  प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप”को प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जानकारी गराएको छ ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संगम स्मार्ट एपको उद्घाटन गर्दै सहकारीले नुवाकोट जिल्लामा पहिलोपटक मोबाइल बैंकिङ्ग सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताउनुभयाे । उहाँले सहकारीले प्रविधिमा अगुवाई संस्थाको रुपमा स्थापित गरेको बताउनुभयाे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक नुवाकोटका समन्वय समितिका संयोजक बैकुण्ठ मिश्रले महामारीको समय सहकारीले सञ्चालनमा ल्याएको मोबाईल बैंकिङ्ग एप डिजिटल प्रविधिको माध्यमबाट कारोबार गर्दा समयको बचत, सुरक्षित पनि हुनुको साथै सजिलो रुपमा घरमै बसी संगम सहकारीको सेवा प्रयोग गर्न सकिने प्रविधि नुवाकोटमा पहिलोपटक भित्र्याएकोमा खुशी व्यक्त गर्नुभयाे । मोबाईल बैंकिङ्गको प्रविधिमा सदस्यहरुलाई संलग्न गराउने, प्रविधि र वैज्ञानिक रुपमा अगाडी बढाउन सहकारीले सूचना प्रविधिलाई व्यवस्थित गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

संस्थाका अध्यक्ष नारायण श्रेष्ठले सदस्यहरुले सुरक्षित, सरल र भरपर्दो तरिकाले कारोबार गर्नको लागि माेबाईल बैंकिङ्ग सुरु गरेकाे बताउनुभयाे । संस्थाले रजतजयन्ती मनाउने क्रममा मोबाइल बैंकिङ्ग एपको पहुँतालाई मध्यनजर गर्दै सहकारीले सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि गरिने जानकारी उहाँले गराउनुभयाे ।

आधुनिक बैंकिङ अन्तर्गत इन्टरनेट बैंकिङ्ग, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी ग्राहकहरुले मोबाईल नं. रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सकिने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने उहाँले बताउनुभयाे ।

संगम स्मार्ट एपमार्फत २६ वटा वाणिज्य बैंक, १६ वटा विकास बैंक र ८ वटा फाईनान्स कम्पनीहरुमा अन्तर बैंक कारोबार गर्न सकिने सहकारीका व्यवस्थापक अजय थापाले जानकारी दिनुभयाे । अहिले एन्ड्रोइड प्रयोगकर्ताको लागि गुगल प्ले स्टोरमार्फत “संगम स्मार्ट एप” डाउनलोड गरी उक्त सेवा लिन सकिने सदस्यहरुमा सहकारीका व्यवस्थापक अजय थापाले जानकारी दिनुभयाे । साथै आईओएस प्रयोगकर्ताको लागि “एमडबली” मार्फत पनि सहकारीको मोबाईल बैंकिङ्गको सुविधा लिन सकिने छ ।

कोभिड-१९ महामारीका समयमा प्रविधि प्रयोगमार्फत सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्न र प्रविधिमैत्री वित्तीय सेवालाई प्राथमिकता दिने उद्देश्यसहित प्रविधि प्रयोगमा जोड दिइएको सहकारीले जनाएको छ ।

सहकारीले पहिलो एकसय जनालाई मोबाइल बैंकिङ एप प्रयोगकर्तालाई बैंकिङ्ग कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने बताईएको छ । साथै एपमार्फत कारोबार गर्दा मासिक रुपमा क्यास ब्याकमा प्राप्त रकम मासिक रुपमामा खातामा जम्मा गर्ने छ । संगम सहकारीले नुवाकोटमा पहिलोपटक मोबाइल बैंकिङ सेवा सुरु गरेको हो । हाल सहकारीमा ६ सय ७५ सय शेयर सदस्य रहेको जनाएको छ ।