आशा लघुवित्त छैठौं वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
आशा लघुवित्त वित्तीय संस्था लि. यहि २०७८ भाद्र १५ गते पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।

पाँचौ बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौं वर्षमा प्रवेश गरेकोमा खुशी ब्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने कुरा ब्यक्त गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्न समुदायका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो। हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत ६५हजार भन्दा बढि  सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै १ अर्व ३२ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।