मर्जर प्रस्ताव पारित गर्न सहारा विकास बैंक र गरिमा विकास बैंकको साधारण सभा 

मर्जर प्रस्ताव पारित गर्न सहारा विकास बैंक र गरिमा विकास बैंकको साधारण सभा 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 गरिमा विकास बैंक र सहारा विकास बैंकको साधारण सभा आज हुँदै छ । गरिमा विकास बैंकको बिशेष साधारण सभा र सहारा विकास बैंकको ८ औँ, ९ औँ र १० औँ वार्षिक साधारण सभा आज हुने भएको हो ।\"\"

दुबै बैंकको सञ्चालक समितिको बैठकले भदौ १५ गते साधारण सभा बोलाएको हुन् । गरिमा विकास बैंकको सभा केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १० बजे र सहारा विकास बैंकको होटल कुसुम एण्ड पार्टी प्यालेस सर्लाहीमा विहान साढे १० बजे बोलाएको हो ।

सभामा गरिमा विकास बैंकले प्राप्ति प्रक्रियालाई अनुमोदन गर्ने भएको छ । सभाले सहारा विकास बैंक प्राप्तिसम्बन्धी विशेष प्रस्तावका अनुमोदन गर्नेछ । प्राप्ति प्रक्रियापछि बैंकको नाम ‘गरिमा विकास बैंक लिमिटेड’ नै हुने अर्को प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ता प्राप्त १ः१ सेयर स्वाप रेसियो पनि सभाले अनुमोदन गर्ने बैंकले जनाएको छ ।

प्राप्ति प्रयोजनका लागि नियामक निकायबाट लिनुपर्ने अनुमति, स्वीकृति तथा एकीकृत कारोबार र सेयर कारोबार सुचारुजस्ता सम्पूर्ण क्रियाकलाप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति पश्चात गरिमा विकास बैंक लिमिटेडको साविक जारी तथा चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०१ रुपैयाँमा सहारा विकास बैंक लिमिटेडको जारी तथा चुक्ता पँुजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ थप हुँदा गरिमा विकास बैंक लिमिटेडको जारी पुँजी र चुक्ता पुँजी रु ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ कायम हुने भएकोले विकास बैँकको जारी तथा चुक्ता पुँजी कायम गर्ने तथा सोही अनुसार विकास बैंकको प्रबन्धपत्रको दफा ५ को उपदफा ९ख० र ९ग० मा संलग्न अनुसूची बमोजिम जारी तथा चुक्ता पुँजी सम्बन्धी व्यवस्थाहरु संशोधन गर्ने ।

विशेष साधारणसभा प्रयोजनार्थ गरिमा विकास बैंकले भदौ ९ गतेदेखि भदौ १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले भदौ ८ गतेसम्म कायम सेयरधनीहरुमात्र सभा भाग लिन पाउनेछन् । यता सहारा विकास बैंकले भने साधारण सभा प्रयोजनार्थ जेठ २६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, जेठ २५ गतेसम्म कायम सेरधनीहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।