पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर सञ्चालनमा

पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर सञ्चालनमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन्। उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबारहरु गर्न सहजीकरण गर्नेछ। 

यसका साथै हाल बैंकको कुल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल्स संख्या पुगेको छ।