श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

श्री जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
ज्योति विकास बैंकद्वारा बीरेन्द्रनगर सुर्खेत, पिपल चौतारास्थित श्री जन नमूना माध्यमिक विद्यालयलाई हाम्रो विकास प्रवद्र्धन कोषमार्फत् पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

समूदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रममार्फत १ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जीवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला, प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र बीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोतीप्रसाद कँडेलको उपस्थिति थियो ।