सहकारीको साझेदारीमा शीत भण्डार निर्माण गर्दा लागत भन्दा बढी भुक्तानी

सहकारीको साझेदारीमा शीत भण्डार निर्माण गर्दा लागत भन्दा बढी भुक्तानी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सहकारीसँगको साझेदारीमा नुवाकोट जिल्लामा निर्माण भएको शीत भण्डारमा लगात भन्दा बढी भुक्तानी भएको भन्दै त्यो रकम असुल गर्न निर्देशन दिएको छ । महालेखापरीक्षको ५८ औं प्रतिवेदन २०७८ मा शीत भण्डार निर्मणमा लागत भन्दा बढी भुक्तानी भएको भन्दै बढी रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त शीत भण्डार निर्माणका लागि ४० करोड २५ लाख ५० हजारको सम्झौता भएकोमा निर्माण व्यवसायीले आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड १ लाख ७१ हजार भुक्तानी भएको छ ।

निर्माण व्यवसायीले पेस गरेको ठेक्का सम्बन्धी बिल तथा नापी किताब परीक्षण गर्दा बेलकोटगढी स्थित शीत भण्डार निर्माणको २ करोड ५१ लाख १ हजार र विदुर नगरपालिका स्थित शीत भण्डार निर्माणको २ करोड ४५ लाख १४ हजार समेत ४ करोड ९६ लाख १५ हजारको मात्र काम भएको थियो । पहिलो चरणमा ५ लाख ६५ हजार बढी भुक्तानी भएको भन्दै त्यो असुल गर्न बागमती प्रदेश सरकारलाई महालेखाले भनेको छ ।