कोभिड प्रभावित ऋणीले व्यवसायीले व्यवसाय परिवर्तन गर्न पाउने

कोभिड प्रभावित ऋणीले व्यवसायीले व्यवसाय परिवर्तन गर्न पाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीले बढीमा एक पटक व्यवसाय परिवर्तन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७७ मा संशोधन÷परिमार्जन तथा थप व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट प्रभावित कर्जामध्ये कोभिडबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला व्यवसायीको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङ्कन गरी ऋणीको लिखित बिजनेश प्रपोजलको आधारमा परियोजनाको प्रकृति, उद्देश्य, बिजनेस मोडल वा बिजने आइडिया परिवर्तन गर्न सक्ने सुविधा राष्ट्र बैंकले गरेको हो ।

उनीहरुले व्यवसाय परिवर्तन गरी फरक ढंगले व्यवसाय सञ्चालन गर्न चाहेमा भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकका लागि आगामी चैतभित्र व्यवसाय परिवर्तन गर्न सक्ने व्यवस्था गरेको हो ।

यस किसिमको परिवर्तनलाई कर्जाको दुरुपयोग, पुनरसंरचना वा पुनरतालिकीकरण नमानिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । साथै यस किसिमको परिवर्तनको क्रममा ब्याज पुँजीकरण गर्न भने पाइने छैन ।