कर्मठ सामुदायिक साकोस र नागमणी उपभोक्त्ता सहकारी बीच एकीकरण

कर्मठ सामुदायिक साकोस र नागमणी उपभोक्त्ता सहकारी बीच एकीकरण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ललितपुरको बागमती गाउँपालिका स्थित नागमणी उपभोक्त्ता सहकारी संस्था र गोदावरी– १०, चापागाउँमा मुख्य कार्यालय रहेको कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण सम्पन्न भएको छ ।

दुई संस्थाबीच श्रावण ३२ गते एकीकरण स्वीकृत भाद्र ४ गते बागमती प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्रमाण पत्र प्राप्त गरेको छ ।

संस्थाले गत वर्ष पनि कर्मठ सामुदायिक साकोस र कल्पवृक्ष साकोस एकीकरण भएको थियो । उक्त एकीकरण पश्चात् कर्मठ सामुदायिक साकोस बनेको थियो । त्यस्तै नागमणी उपभोक्त्ता सहकारी एकीकरण पश्चालत पनि कर्मठ सामुदायिक साकोसकै नामबाट संस्थाले कारोबार सुरु गरेको छ ।