सीडीमा खुकुलाे नीति: सेयर धितो ऋण १२ करोडभन्दा बढि भएमा बर्ष दिनभित्र सीमामा ल्याउनु पर्ने

सीडीमा खुकुलाे नीति: सेयर धितो ऋण १२ करोडभन्दा बढि भएमा बर्ष दिनभित्र सीमामा ल्याउनु पर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्दै सेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको हो।

राष्ट्र बैंकले सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ। यो एउटा संस्थाको सीमा हो। सबै गरेर १२ करोडभन्दा बढि लिन पाइने छैन। यदि अहिल कसैले चलाइरहेको भए त्यसलाई एक बर्षभित्र सीमाभित्र झारिसक्नु पर्ने छ।

राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर सीडी कायम गरेको छ। सीडी रेसियो ९० प्रतिशतभन्दा बढि हुनु हुँदैन। कसैको अहिले नै बढि  रहेछ भने २०७९ असार मसान्तभित्र सीमाभित्र झारिसक्नु पर्ने छ।

सीडी रेसियोमा पुँजी कोषका रुपमा प्रयोग हुने ऋणपत्र जोड्न पाइँदैन। तर एक बर्षभन्दा बढि अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा पुनर्कर्जा जोड्न पाइन्छ। अहिले पुनर्कर्जा १४० अर्ब हाराहारी गएको छ भने विदेशी मुद्राको ऋण २४ अर्ब रुपैयाँ छ। राष्ट्र बैंकले पुँजी कोषका रुपमा ऋणपत्र नरहने हो भने त्यसलाई भने सीडी गणना गर्न दिनेछ।