मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरको कारोबार हुने भएको छ । संस्थाका संस्थापक शेयरधनीले नै बिक्री गर्न खोजेको हुनाले कायम रहेका संस्थापकहरुलाई खरिदका लागि आह्वान गरेको छ ।

संस्थाले सुचना प्रकाशित गर्दै १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर विद्यमान संस्थापकहरुका लागि बिक्री गर्ने जनाएको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन् ।

आवेदन फारम कम्पनीको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकबाट प्राप्त नगर्न तथा बुझाउन सकिन्छ । लघुवित्तले तोकेको समय भित्र संस्थापक शेयर धनीहरुबाट आवेदन नआए प्रचलित कानून बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।