हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता

हिमालयन बैंक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यवसायीक सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्यकेज प्रदान गर्ने भएको छ। 

यस सम्झौता अन्तर्गत बैंकले न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ। यो सेवा महासंघका सदस्यहरुले बैंकको काठमाडौं उपत्यका भित्र र बाहिरका सम्पूर्ण शाखाहरुबाट सजिलै पाउन सक्नेछन्। 

हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएमबाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ।