ग्लोबल आइएमई बैंकको \’मेरी उनीलाई\’ स्वस्थ नारी पहल अभियान 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल परिवार नियोजन संघसँग समन्वय गरी मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ। 

बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको हो। महिलालाई सशक्त बनाउने प्रयास स्वरुप बैंकले यो अभियान सञ्चालन गरेको बताएको छ। 

यसअघि बैंकले महिलालाई आर्थिक रुपमा सशक्त बनाउन मेरी उनीलाई मुद्धती बचत खाता सञ्चालनमा ल्याएको छ। मेरी उनीलाई स्वस्थ नारी पहल अन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ। 

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने साथै महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।