बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस कार्ड सुविधा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
बैंक अफ काठमाण्डू लिमिटेडले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

उक्त कार्ड ट्याप सुविधा भएको पिओएस मेसिनहरुमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ। यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दूरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ। 

विश्व महामारी कोभिड १९ को जोखिममा यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुने बैंकले बताएको छ। हाललाई यस प्रविधि मार्फत ग्राहकले प्रति कारोबार दुई हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन्।    
  
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेको छ।