पाेखराका ५ सय सहकारी कर्मचारीले लगाए खाेप

पाेखराका ५ सय सहकारी कर्मचारीले लगाए खाेप

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,पोखरा ।
कास्की जिल्लाका सहकारी संघ/संस्थामा कार्यरत ५ सय कर्मचारीले मंगलबार कोरोना विरुद्धको खोप लगाएका छन् ।

सहकारीकर्मीहरुले सहकारीमा कार्यरत कर्मचारीलाई प्राथमिकता राखेर खाेप लगाईलिन निरन्तर पहल गर्दै आएकाे थियाे । लामाे समयकाे प्रयासले सार्थक रुप लिएपछि कास्कीका सहकारीकर्मी खुशी भएका छन् ।

जिल्ला सहकारी संघ कास्की, पोखरा महानगर सहकारी समिती, महानगर सहकारी संघ, को-अपरेटिभ म्यानेजर्स क्लब र कास्की बचत तथा ॠण सहकारी संघको समन्वय र पहलमा याे सम्भव भएकाे हाे । विशेषगरी को-अपरेटिभ म्यानेजर्स क्लबकाे पहलले याे सम्भव भएकाे सहकारीकर्मीहरुले बताएका छन् । क्लबले खाेप लगाउन बाँकी सबै कर्मचारिकाे नाम संकलन गरेकाे थियाे । साेही आधारमा पाँच सय कर्मचारीले आज खाेप लगाएका हुन् ।

\"\"मंगलबार जनप्रिय माध्यामिक विद्यालय, सिमलचाैर खाेप केन्द्रमा सहकारीमा कार्यरत कर्मचारीलाई खाेप लगाउने व्यवस्था गरिएकाे थियाे । निकै शान्तिपूर्ण वातावरणमा पाँच सय कर्मचारीले खाेप लगाएकाे पाेखरा राेयल बचत तथा ऋण सहकारीका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिनुभयो । विभिन्न निकायमा लामाे समयदेखि गरिएकाे पहल सार्थक बन्दा सहकारीकर्मी निकै खुशी बनेकाे उहाँकाे भनाइ थियाे ।

जिल्ला प्रशासन कार्यलय, कास्कीका प्रमुख थानेश्वर गौतमले जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष सावित्रा कोइरालालाई खोप हस्तान्तरण गर्नुभएकाे थियाे । 
सहकारी संघका अध्यक्ष सावित्रा कोइरालाले सहकारीकर्मीहरुलाई खोप उपलब्ध गराएको सरकारलाई धन्यवाद दिनुभयाे ।

आजमने खोप कार्यक्रम को-अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष डम्बर बस्नेतले खोप लगाई सुरुवात गरिएको थियो ।  गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले खोप कार्यक्रमको अनुगमन समेत गर्नुभएकाे थियाे । उहाँले प्रदेश सरकारले सबै नागरिकहरुलाई खोपको प्रवन्ध गर्ने बताउनुभयाे ।