एनआई सी एशिया लघुवित्तका कर्मचारीलाई धितो मुल्यांकन सम्बन्धि तालिम

एनआई सी एशिया लघुवित्तका कर्मचारीलाई धितो मुल्यांकन सम्बन्धि तालिम

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं  ।
एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. कर्पोरेट कार्यालयको आयोजनामा विभागीय प्रमुखहरु, विभागीय कर्मचारीहरु र अनलाईन माध्यमबाट सम्पुर्ण शाखा प्रमुखहरुको धितो मुल्यांकन सम्बन्धि क्षमता अभिवृद्धि तालिम धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा सम्पन्न भएको छ । संस्थाको प्रमुखकार्यकारी अधिकृत लक्ष्मण चालिसेको आतिथ्यमा भएको कार्यक्रममा सिभिल लिंक कन्सलटेनसीका भरत बंजारा र नापि तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरद्वारा सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो ।

तालिम कार्यक्रममा सभिललिंक कन्सलटेनसीका भरत बजांराले धितो मुल्याङ्कन कसरी गर्ने, धितो मुल्याङ्कन गर्दा के कस्ता व्यवहारिक पाटोहरुलाई ध्यान दिने र नापी तालिम केन्द्रका योजना अधिकृत सञ्जय मान्नधरले नक्सा के हो, फिल्डमा धितो निरिक्षण गर्दा के के कुरामा ध्यानदिन पर्ने, नक्साको आधारमा कसरी क्षेत्रफल निकाल्ने लगायत विभिन्न नापी सम्बन्धि मोबाईल एप्लिकेशनका जानकारी तथा प्रयोग गर्ने बारेमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको समापनमा आफ्नो मन्तव्य राख्दै संस्था प्रमुख कार्यकारी अधिकृतले कर्मचारी भनेको संस्थाको अमूल्य संम्पति रहेको बताउँदै, कर्मचारीको क्षमता वृद्धि भए संस्थाको लक्ष्य हासिल हुने बताउनुका साथै क्षमता अभिवृद्धिमा भावी दिनमा समेत तालिम कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।