अफगान हिंसाको असरः केन्द्रीय बैंकका गभर्नरले पद छाडे

अफगान हिंसाको असरः केन्द्रीय बैंकका गभर्नरले पद छाडे

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अफगानस्थान 
अफगानिस्तानमा असरफ घानी सरकारको समयमा केन्द्रीय बैंकको गभर्नर रहेका अजमल अहमदीले आइतबार देश छाडे। आइतबार नै तालिवानले राजधानीमाथि नियन्त्रण कायम गरेपछि राष्ट्रपति असरफ घानीसँगै धेरै सरकारी अधिकारीहरुले देश छाडेका थिए। तिनै मध्ये एक हुन् गभर्नर अहमदी।

उनले ट्वीटरमा देश छाड्नुको कारण बारे उल्लेख गर्दै विगत केही हप्ता अफगानिस्तानको अवस्थाको चित्रण गरेका छन्।

अफगानी रुपैयाँको मूल्य सबैभन्दा कम पुगेको र एक डलरको शिपमेन्ट पनि नपाउने भनिएपछि आफूले देश छाडेको बताएका छन्। अहमदीले देश छाड्दाको दिन विमानस्थल अस्तव्यस्त रहेको बताएका छन् र यस अवस्थाको जिम्मेवार घानी नेतृत्वको अफगान सरकार रहेको बताएका छन्।

'यसको अन्त्य यसरी हुनु हुन्न थियो। यस परिस्थितिसँग जुध्न अफगानी नेतृत्वसँग कुनै योजना नरहनुले मलाई घृणित महसुस गराइरहेको छ' उनले लेखेका छन्।

अहमदीले आफूलाई एक जनाले मेसेज गरेर तालिवानले खोजिरहेको जानकारी दिएको समेत बताएका छन्।

'तालिवान आयो र तिमीलाई खोज्दै थियो। उनीहरु डीएबी गभर्नर अजमल अहमदी खोजिरहेका थिए' उनले मेसेजमा आएको सन्देश उल्लेख गरेका छन्। उनले राष्ट्रपति घानीले अफगानिस्तान छाडेको भनेर घोषणा भए लगत्तै देश अस्तव्यस्त हुने बुझेको बताएका छन्।

'कुनै योजना बिना उनले देशलाई यसरी छोड्नु हुन्न थियो। म उनलाई माफ गर्न सक्दिन' उनले भने। अहमदी घानीका आर्थिक सल्लाहकार पनि थिए। उनले घानीसँग योजना रहेपनि त्यसको कार्यान्वयन गर्न नसक्नु उनको कमजोरी भएको बताएका छन्।

तालिवानले देशभर नियन्त्रण कायम गरेपछि हाल अफगानिस्तानको बैंक र एटिएममा पैसा निकाल्न मानिसहरुको भिड छ। तर, कतिपय क्षेत्रमा बैंक र एटिएममा पैसा नभएको भन्दै मानिसहरुलाई फिर्ता पठाइँदै गरिएको छ।

1/The collapse of the Government in Afghanistan this past week was so swift and complete – it was disorienting and difficult to comprehend.

This is how the events seemed to proceed from my perspective as Central Bank Governor.

— Ajmal Ahmady (@aahmady) August 16, 2021