नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकले मुक्तिनाथ विकास बैंकसँग व्यापार सम्झौता गरेको छ।

नबिलले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको हो।  

यस सम्झौता अन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले नबिल बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्ट्यान्स, लोकल बैंक ग्यारेन्टी आदि सुबिधाहरु उपभोग गर्न सक्नेछन्। 

सहकार्यबाट मुक्तिनाथ विकास बैंकको ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर पाउने विश्वास लिइएको छ।  

साथै यस सम्झौतापछि दुइ बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, बिदेशी मुद्रासम्बन्धी अन्य कारोबार समेत अगाडि बढाउने लक्ष्य राखिएको छ।